नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापति र महामन्त्री पदको मतगणनामा ३ हजार ४३५ मत गणना हुँदा खुला महामन्त्रीमा प्रदीप पौडेल र खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम गरेका छन्। खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार १५९ मत पाउँदा डा. सुनिलकुमार शर्माले ९३४,