कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको पनि मतगणना सुरु

  • आइबार​ २५ असो २०८३ १२:५० PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा आइतबार साँझ मतगणना सुरु भएको हो । अहिले महामन्त्री र उपसभापतिको मतगणना जारी रहेको छ । सहमहामन्त्रीको मतगणनापछि केन्द्रीय सदस्यको मतगणना हुने बताइएको छ । नयाँ नेतृत्व चयनका लागि बिहीबार भएको मतदानबाट सहमहामन्त्रीमा ११ जना चयन हुँदैछन् ।