काठमाडौं : दसैं–तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरुद्ध हुँदा एकातिर व्यापारीको लगानी फँस्ने सम्भावना छ भने अर्कोतिर चाडपर्वको बजार महँगिएको छ।भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले भन्सार कार्यालय, सडक तथा अन्य संरचनामा क्षति पुर्याएपछि रसुवागढी नाका बन्द भएको थियो। त्यसपछि पहिरोको जोखिम देखाउँदै चीनले सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट हुने आयात–निर्यात