मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ बसपार्कमा गरेको मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बलराम चौधरी र लोचन रानामगर छन् । ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा दुवै चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि