काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ३४० कार्यदिन लामो आधारभूत तालिम पूरा गरी आठ महिलासहित ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । सोमबार आयोजित १८४औँ समूहको दीक्षान्त कवाज समारोहमा उनीहरू दीक्षित भएका हुन् । तालिम पूरा गरेसँगै उनीहरूले नागरिक सेवा, शान्ति सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारी सम्हाल्दै कार्यक्षेत्रमा प्रवेश गरेका छन् ।