काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि प्रकारको राजनीतिक दबाब र व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानुनको शासन कायम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले इमानदारी, अनुशासन र नैतिकतालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका हुन् ।