काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दलित समुदायका १५ नेता विभिन्न पदमा निर्वाचित भएका छन्। कांग्रेसले यसपटक विधानमा संशोधन गरी केन्द्रीय कार्यसमितिको आकार बढाउँदा दलित क्लष्टरका लागि १५ पद छुट्याएको थियो। त्यसमध्ये एक सहमहामन्त्री र १४ केन्द्रीय सदस्य पदमा आरक्षण गरिएको थियो। केन्द्रीय सहमहामन्त्री प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमध्ये पनि ५ महिला अनिवार्य गरिएको थियो भने मधेशी दलितबाट एक अनिवार्य गरिएको थियो। बिहीबार अपरान्ह सकिएको मतगणनाअनुसार दलित महिलातर्फ सीता मिजार, कमला नेपाली, छायाँ सुनार, रुपा विक र शान्ति परियार (विक) केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सीता, रुपा र शान्ति ०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फ सांसद थिए। रुपा तत्कालीन सरकारको वन राज्यमन्त्री समेत भएकी थिइन्। पाँच महिला केन्द्रीय सदस्य पदका लागि १६ जना महिला नेताहरू प्रतिस्पर्धामा थिए। त्यस्तै, मधेशी दलिततर्फको एक केन्द्रीय सदस्य पदमा धर्मेन्द्र पासवान निर्वाचित भएका छन्। पासवान राष्ट्रिय सभाका सदस्य समेत हुन्। त्यस्तै, दलित खुलातर्फ हरिशरण नेपाली, शिवबहादुर सुनार, दीपक सोनी, मन्जित ताम्राकार, सागर परियार, अम्मरबहादुर बराइली, राजु परियार र डा