वीरेन्द्रनगर : डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठै जना कैदीको प्रहरीले पहिचान सार्वजनिक गरेको छ।शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएका हुन्। फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए भने तीन जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।जिल्ला प्रहरी कार्यालय, डोल्पाका अनुसार फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय का