काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ

  • मङगलबार १८ कात्िक २०८३ ०५:०० AM
काठमाडौँ : काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन् ।पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना र चालु मुद्दामा फरार रहेका २० जना प्रतिवादी छन् । उनीहरूमाथि