काठमाडौं : फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकोप्टरका पाइलट सुरक्षित रहेका छन्। आज बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै पाइलट सुरक्षित रहेको प्रहरीले जनाएको छ।एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसीले उडाएका थिए भने फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर क्याप्टेन रविन प्रजापतिले उडाएका थिए। प्रहरीका अनुसार फिष्टेल एयरका पाइलट प