राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघ्यो

  • मङगलबार १८ कात्िक २०८३ ०६:३५ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघेको छ । असोज मसान्तसम्ममा बैंकको कुल सम्पत्ति ४१ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ४७ अर्ब ९५ करोड रुपैयाँले बढेको छ ।