भैरहवा : रुपन्देहीको कोटहहीमाई गाउँपालिकामा महिलाको हत्यासमेतको आरोपमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका सबै आरोपी कोटहीमाई गाउँपालिका–६ का हुन्।गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ र ७ को बीचमा रहेको धान खेतमा को