काठमाडौं : भारतबाट काठमाडौंमा लागुऔषध खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्दै आएका एक भारतीय नागरिक पक्राउ परेका छन्।लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लामो समयको निगरानीपछि भारतको मधुवनी निवासी ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई पक्राउ गरेको हो।प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ स्थित एक होटलको कोठाबाट ८० ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित पक्राउ गरेको हो।ब्युरोका अनुसार पक्राउ परेका नदापले यसअघि पनि पटक–पटक भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर