काठमाडौं : प्रतिपक्षी दलका नेताहरूले संसद् आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरूले सभामुख अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै संसद् आह्वान गर्न आग्रह गरेका हुन्। भेटवार्तामा सभामुख अर्यालले छिट्टै संसद् बोलाउने प्रतिबद्धता जनाएको उनीहरूले बताएका छन्।सभामुखसँगको भेटपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हाल बाहिर आएका अत्यन्तै संवेदनशील विषयहरूमा संसद्भित्रैबाट व्यापक छलफल गर्नुपर्ने र उठेका विषयहरूलाई लामो समयसम्म अल्