काठमाण्डु- सञ्चारमाध्यमको समाचार कक्षमा प्रहरी प्रवेश गरेको घटनालाई लिएर प्रश्न उठिरहेका बेला सरकारले उक्त गतिविधि पत्रकारलाई नियन्त्रणमा लिन नभई प्रहरीभित्रबाट सूचना चुहावट भएको विषयमा आन्तरिक जाँचका क्रममा भएको स्पष्टीकरण दिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीका आन्तरिक सूचना बाहिरिएको विषयमा समाचार कसरी प्रकाशित भयो भन्नेबारे बुझ्न प्रहरीबाट सोधपुछ तथा जाँचबुझ भएको बताए। मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा