काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा पोखरा एभेन्जर्सले पावरप्लेमा पोखरा एभेन्जर्सको ब्याटिङ धरापमा परेको छ।कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले पावरप्लेमा ३ विकेटको क्षतिमा २३ रन बनाएको छ। ओपनर ब्याटर अर्जुन कुमाल डकआउट हुँदा वान डाउन आएका सादिरा सादिरा समाराविक्रमा ७ रनमा पेभेलियन फर्किए। अर्का ब्याटर विपिन आचार्य १ रनमै कट एण्ड बोल्ड भए। हालः क्रिजमा कुशल ११ रन र शाकिब अल हसन १ रनमा अविजित रहेका छन्।