इलाम : इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा सुरु भएको छ। नगरपालिकाको केन्द्र फिक्कलमा मंगलबार नेपाली कांग्रेस संसदीय दलका सचेतक तथा इलाम क्षेत्र नं. १ का संघीय सांसद निष्कल राई र सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले संयुक्त रूपमा सेवा कार्यालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा सांसद राईले स्थानीय तहबाटै यस्तो संवेदनशील सेवा प्राप्त हुनु संघीयता कार्यान्वयनको बलियो कडी भएको बताए। कार्यवाहक नगर प्रमुख बरालले कार्यालय सञ्चालनका लागि वार्षिक करिब डेढ करोड रुपैया