टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुँदै

  • बुधबार १९ कात्िक २०८३ ०५:०० AM
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते रिहा हुने भएका छन् ।काठमाडौं जिल्ला अदालतले रायमाझीलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ । अदालतको तहसिल लगत शाखाले कात्तिक १३ गते आदेश जारी गर्दै उनलाई रिहा गर्न निर्देशन दिएको हो ।नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए