बिचौलियाको माखेसाङ्लो

  • बुधबार १९ कात्िक २०८३ ०७:०० AM
सरकार जसको भए पनि काठमाडौं सीमित वर्गलाई खास फरक पर्दैन, किनभने राज्य तिनकै पकडमा हुन्छ भनेर कुनै बेला मानिस कुराकानी गर्थे। त्यसको मतलव एउटा त्यसको वर्ग जसले बिचौलियामार्फत जसको सरकार आउँदा पनि राज्यको नीति निर्माणमै प्रभाव पारेर आफू अनुकूल बनाउन सक्छ भन्ने हो। बिचौलियाको पहुँच जसको सरकार आउँदा पनि रहन्थ्यो।कर्मचारीतन्त्रमा पहुँच भएपछि सरकार जसको बने पनि बिचौलियाले काम फत्ते गथ्र्याे। अझ नेपाली कांग्रेसका नेता गगन थापाले त बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म हुन्छ भनेर ठोकुवै गरेका थिए