फुयाँल बिदामा, इनम भेट्ने अरू न्यायाधीश दबाबमा

  • बुधबार १९ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : बिचौलिया इनम सापकोटासँगको सम्पर्कका कारण विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल बिदामा बसेसँगै भेटघाट गर्न गएको भनिएका अन्य न्यायाधीश पनि ‘दबाब’ मा  परेका छन्। न्यायाधीश फुयाँल व्यक्तिगत कारण देखाउँदै मंगलबारदेखि बिदामा बसेका हुन्। फुयाँलले होटलमा आफूले भेटेको खुलासा गरे पनि सापकोटासँग भेट्न गएका भनिएका अन्य न्यायाधीशको नाम सार्वजनिक भएको छैन। फुयाँल मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेको सर्वोच्च अदालत स्रोतले बतायो। फुयाँल बिदामा