मोबाइल पसलमा तास खेलिरहेका १० जना पक्राउ

  • बुधबार १९ कात्िक २०८३ ०९:०० AM
विराटनगर : मोबाइल पसलको आवरणमा तास खेलिरहेको समूहलाई प्रहरीले मोरङको उर्लाबारीबाट पक्राउ परेको छ । उर्लाबारी नगरपालिका–७ स्थित मोबाइल जोन पसलमा छापा मारेर प्रहरीले पसल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको हो ।प्रहरी टोलीले मंगलबार राति करिब ११:३० बजेतिर डिक खड्कीको घरमा रहेको उक्त पसलमा छापा मारेको हो । पसलभित्र तास खेल भइरहेको गोप्य सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले घटनास्थलबाट पाँच बुङ तास र १२ हजार ६२२ रुपैयाँ नगदसमेत बरामद गरेको छ । पक्राउ परेका सबै जनालाई इलाका प्रहरी का