बझाङको केदारस्युँ गाउँपालिका-७, भानचौरमा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३७६ नम्बरको जिप बिहान करिब ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार ब्रेक फेल भएपछि जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा