काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज पनि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हो। बैठकमा सरकारका नियमित कामकारबाहीसँगै केही सरुवा र बढुवासम्बन्धी निर्णय हुने जनाइएको छ। यस अगाडि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।