गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन..

  • बुधबार १० भौ २०८३ ०२:४६ AM
म्याग्दी । काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्कनुपर्ने बाध्यता आयो । बाध्यताले गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा स्नाकोत्तर उत्तीर्ण गरेर आएका भाइ मुकुन्द रिजालले कोरोना महामारी साम्य भएपछि सुरु गरेको कुखुरापालन व्यवसायले