काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्ष एकीकृत रूपमा उद्धार तथा राहत कार्यमा जुट्ने भएका छन् । बुधबार बिहान करिब ९ बजे भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र साहले चासो व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा विपद्को समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर उद्धार तथा