काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु ।’