काठमाडौं । नेपालमा आएको बाढीपहिरोका कारण चीनसँगको सीमावर्ती क्षेत्रमा मानवीय क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहतका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार राष्ट्रपति सीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राष्ट्रपति सीले बेपत्ता व्यक्तिहरूको खोजी तथा