अस्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा नेपाल ‘ए’सामु १४१ रनको लक्ष्य

  • बुधबार १० भौ २०८३ १२:०१ PM
काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) ले नेपाल ‘ए’सामु जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अष्ट्रेलियाको म्यारारा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको योगफल बनायो । एसिटीका लागि डिलन हन्टरले सर्वाधिक ४४ रनको योगदान दिए