भक्तपुरका दुई डेरी उद्योगमा खाद्य प्रविधि विभागको अनुगमन, दूधको नमुना संकलन

  • बुधबार १० भौ २०८३ ०३:२३ PM
भक्तपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरका दुई डेरी उद्योगमा बजार अनुगमन तथा निरीक्षण गरेको छ। विभागले २०८३ भदौ ८ गते गरेको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्देशन दिँदै थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरेको जनाएको छ। अनुगमनका क्रममा इन्द्रायणी डेरी प्रा.लि., भक्तपुर–२ मा कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको, सरसफाइ सामान्य रहेको, कीट नियन्त्रणको व्यवस्था नभएको तथा प्रयोगशाला अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। उक्त डेरीलाई नियमित सरसफाइ गर्न, कीट नियन्त्रणलाई व्यवस्थित बनाउन र प्रयोगशाला व्यवस्थित गर्न निर्देशन दिइएको छ। साथै, थप अनुसन्धानका लागि ... The post भक्तपुरका दुई डेरी उद्योगमा खाद्य प्रविधि विभागको अनुगमन, दूधको नमुना संकलन appeared first on Kalika Khabar.