भोटेकोशी बाढीले जलविद्युतमा ठूलो क्षति, उद्धारलाई पहिलो प्राथमिकता दिन इप्पानको अपिल

  • बुधबार १० भौ २०८३ ०९:०४ PM
काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दुःख व्यक्त गरेको छ । बाढीका कारण मानव बस्ती, जलविद्युत आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको इप्पानले जनाएको छ । बाढीबाट प्रभावित तथा बेपत्ता नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र जलविद्युत आयोजनामा कार्यरत कामदारको उद्धार कार्य जारी रहेको भन्दै इप्पानले उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक संघसंस्थाप्रति धन्यवाद व्यक्त गरेको छ । इप्पानका अनुसार प्रारम्भिक विवरणमा त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका र निर्माणाधीन दर्जनौँ जलविद्युत आयोजनामा क्षति पुगेको छ । नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवक्र्स, पावरहाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायत भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रारम्भिक विवरणअनुसार रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना तथा निर्माणाधीन करिब ३४२