काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री बालेनसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन् । उनीहरू बिहान करिब ९ः३० बजे काठमाडौंंबाट सडकमार्ग हुँदै विदुरतर्फ गएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न र क्षतिको निरीक्षण गर्न उनीहरू