हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

  • बिहीबार ११ भौ २०८३ १२:३६ PM
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा हैदराबाद किङ्समेन एकेडेमीले नेपाल ए लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रनको योगफल बनाएको हो ।  हैदराबादका लागि शेहान जयसूर्याले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको योगदान दिए । यस्तै हम्माद आजमले ११ बलमा २ चौका र २ छक्कासहित अविजित २६ रन बनाए । मिलिन्द कुमारले २५, शायान जहाँगीरले २७, तय्याब आरिफले २३ तथा अली शेखले २२ रनको योगदान दिए । नेपालका बलरमध्ये नारायण जोशीले २ विकेट लिए । राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।