काठमाण्डु– चीनको जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक बाँध (ब्यारियर) ताल बनेको जनाएको छ। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी ओभरफ्लो हुन थालिसकेको मन्त्रालयले जनाएको हो । आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान रहेकाले