दृष्टिविहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने

काठमाडौँ । भारत र श्रीलंकामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सहभागिता जनाउने भएको छ । दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलो पटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट संघले जनाएको छ ।