SHARE
हाम्रो खेलकुद · बिहीबार २९ माघ २०८२ ०९:१६ AM · 1 मिनेट पढाइ

टि ट्वान्टी विश्वकप – नेपालले पहिला ब्याटिङ गर्दै, ललितलाई मौका

मुम्बई (हाम्रो खेलकुद ) – नेपालले आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा पहिलो ब्याटिङ गर्ने भएको छ। मुम्बईस्थित वाङखडे स्टेडियममा टस जितेर इटालीले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। इङ्ल्यान्डसँग माघ २५ गते ४ र रनले पराजित भएको टोलीमा आज एक परिवर्तन गरिएको छ। शेर मल्लको ठाउँमा ललित राजवंशीले मौका पाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद