अल नासरको जितमा रोनाल्डोको गोल
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले खेल जीवनको ९ सय ५०औं गोल गरेको खेलमा अल–नासरले अल–हाजमलाई २–० ले हराएको छ । योसँगै अल–नासरले साउदी प्रो लिगमा यो सिजन लगातार छैंटौं जित निकालेको छ। पहिलो हाफमा जोआओ फेलिक्सले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्त्यतिर रोनाल्डोले कोमानको पासबाट नजिकैबाट गोल गर्दै जित निश्चित गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
