लिभरपुलको अर्को हार, युनाइटेड विजयी
एजेन्सी – लिभरपुलले प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको छ। शनिबार ब्रेन्टफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई ३-२ ले हरायो। खेलको पाँचौं मिनेटमै माइकल कायोडेको लामो थ्रोबाट आएको बल डाङ्गो औआताराले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर केभिन साडेले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। लिभरपुलका मिलोस केर्केजले दोस्रो हाफमा एक गोल फर्काए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
