SHARE
हाम्रो खेलकुद · शनिबार २२ कात्िक २०८२ १२:२० PM · 1 मिनेट पढाइ

नेपाल काभा महिला यु १९ भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा जारी काभा महिला यु १९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सलाई ३-० ले हराउँदै नेपाल फाइनल पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा नेपाल २५-११,२५-३,२५-५ ले विजयी भएको छ । नेपालले आइतवार हुने फाइनलमा कीर्गिस्तानको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३-० ले हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद