विराटनगर । उद्योग संगठन मोरङले उद्योग प्रवर्द्धन, नवप्रवर्तन र बजार विस्तारलाई लक्षित गर्दै इन्डस्ट्रिज एक्स्पिरियन्स जोन सञ्चालनमा ल्याएको छ । उद्योग विभाग का महानिर्देशक जितेन्द्र बस्नेत र विभागकी निर्देशक विष्णुमाया भट्टराई सहितको प्रतिनिधिमण्डलले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको इन्डस्ट्रिज एक्स्पिरियन्स जोन, बिजनेस इन्क्युबेसन सेन्टर तथा भर्चुअल प्लेटफर्म ‘विराटबजार डटकम’को अवलोकन गरेको छ ।