निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने ११० जना सांसदको नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) अनुसार सम्बन्धित राजनीतिक दलहरूले छनोट गरी पेस गरेका उम्मेदवारहरूको विवरण आयोगले सार्वजनिक गरेको हो ।