रवि विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, भोली सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरी हटाउने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णय विरूद्धको रिट दोस्रो दिन पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशहरू शारंगा सुवेदी र सुनिल पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको हो ।