काठमाडौं । नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत सार्वजनिक हुने भएको छ । यो गीत आज (बुधबार) दिउँसो ३ बजे ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ । अभिनेत्री वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा प्रख्यात गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ ।