काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा मागेर बस्नेहरुलाई पूर्ण निषेध गर्ने भएको छ । वेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरु जसले आफ्नो हेरचाह आफैँ गर्न सक्नुहुन्न । हेरचाह र स्याहारका लागि आफन्त पनि हुनुहुन्न । खानका लागि अन्नपात छैन । अन्न किन्ने पैसा छैन । विरामी पर्दा उपचार गर्ने पैसा छैन । त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गरिनेछ । जसले माग्ने कामलाई पेशा बनाएका छन् । त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई पूर्ण निषेध गरिनेछ । आज पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रवक्ता नविन मानन्धरले, यो काम एकद्वार प्रणालीबाट दिगो नतिजा प्राप्त हुने गरी सञ्चालन गरिने जानकारी दिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के