आगामी निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने गतिशील लोकतान्त्रिक पार्टीको घोषणा

  • images
  • लोक पथ
  • शुक्रबार​ १९ मंिर २०८२ ०९:२३ AM

काठमाडौं । गतिशील लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको धनगढीमा आयोजित कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष डा. दिनेश प्रसाईँले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनका अनुसार प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटमै उम्मेदवारी दिइनेछ ।