चितवन कारागारमा क्षमताभन्दा बढी कैदी, ३० जना त्रिपालमुनि बस्न बाध्य

  • images
  • लोक पथ
  • शुक्रबार​ १९ मंिर २०८२ ०८:०९ AM

चितवन । जिल्ला कारागार चितवनमा कैदीबन्दीको संख्या क्षमताभन्दा धेरै बढेपछि ३० जनालाई त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ नपुगेपछि उनीहरूले रात त्रिपालमुनिमै बिताउन बाध्य भएका हुन् । जेनजी आन्दोलनपछि भागेर फर्किएका ४६ कैदीबन्दीलाई स्थानान्तरण गर्दा कोठाभित्र ठाउँ अभाव भएको कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले बताए।