जनकपुर-ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

  • images
  • लोक पथ
  • शुक्रबार​ १९ मंिर २०८२ ०८:२४ AM

धनुषा । मधेस-प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन् ।  पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।