एन्फाले उपचारमा सहयोग नगरेपछि साम्बाले मागिन् आर्थिक सहयोग

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले हाल घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने शल्यक्रियाको लागि सहयोग आवश्यक भएको जानकारी दिएकी छन्।