नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम सातामा देखिएको जेन–जी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन्। बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले जेन–जी आन्दोलनलाई पूर्ण रूपमा अस्वीकार गर्ने र आन्दोलनको आगोमा आफ्नै राजनीतिक स्वार्थको रोटी सेक्ने दुवै प्रवृत्ति अतिवादी भएको बताए।