७५ वर्षीया आमाको हत्या गरेर छोरा फरार

  • images
  • Samata Press
  • बुधबार ४ चैत २०८२ ११:३० AM

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोकमा एक व्यक्तिले आमाको हत्या गरेका छन् ।  स्थानीय हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका हुन् । उनले धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो ।  दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।  फरार अभियुक्तको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले  जानकारी दिए।