काठमाडौं । नेपालमा टेलिग्राम बन्द भएको छ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द भएको जानकारी गराएको हो । शुक्रबार प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन समेत दिएको छ । नेपालमा टेलिग्रामका माध्यमबाट ठगीका कामहरु भइरहेको भन्दै टेलिग्राम बन्द गरेको जनाइएको छ ।